नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसम्मत « Khabarhub

नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसम्मत


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसारको प्रक्रिया पुरा गरेर सिंह सभापति पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

१४औं जिल्ला अधिवेशनको निर्वाचनका लागि जिल्ला निर्वाचन समितिले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निवर्तमान पार्टी सभापति दीपक जंग शाह अध्यक्ष रहेको नेपाली कांग्रेस जाजरकोटको कार्यदलले सहमति, सर्वस्वीकार्य तथा सहकार्यको माध्यमबाट नेपाली कांग्रेस, जाजरकोटलाई एकताबद्ध बनाउन आइतबार दिनभर प्रयास गरेको थियो ।

कार्यदलको विशेष अभ्यास पश्चात् नेपाली कांग्रेस जाजरकोट पार्टी सभापति सिंहलगायत सिङ्गो कार्यसमिति, प्रदेश क्षेत्र क र ख का क्षेत्रीय समितिका सभापति लगायत महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस, जाजरकोटले दिएको जानकारी अनुसार सभापतिमा सिंह, उपसभापतिमा रत्न खड्का र खडक बिसी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा तेजविक्रम शाह र हरिचन्द्र बस्नेत, सहसचिवमा छवि पन्त र खडक बिसी निर्विरोध निर्वाचित भएका हुन् ।

कोषाध्यक्षका लागि भने निर्वाचित जिल्ला कार्यसमिति सदस्यबाट सभापतिले मनोनीत गर्ने प्रावधान भएको हुँदा अहिले नै आधिकारिक रूपमा टुङ्गो लागि नसकेको नेपाली कांग्रेस जाजरकोटले जानकारी दिएको छ । कोषाध्यक्ष पदको आकांक्षीमा पत्रकार भीम बहादुर सिंह, जनक केसीलगायत रहेका छन् ।

नेपाली कांग्रेसको विधान–२०१७ (संशोधन सहित) ले गरेको व्यवस्था अनुसार नगरपालिकाबाट दुई जना र गाउँपालिकाबाट एक जना जिल्ला कार्यसमितिमा प्रत्यक्ष निर्वाचित गरिने प्रावधान अनुसार नै जिल्ला कार्यसमितिलाई निर्विरोध निर्वाचित गरिएको छ । पार्टी विधान अनुसार सभापतिले मनोनीत गर्ने सदस्यसहित २७ सदस्यीय जिल्ला कार्यसमिति चयन हुने छ ।

प्रदेश क्षेत्र क को क्षेत्रीय सभापतिमा लीलाबहादुर शाह निर्वाचित भएका छन् । प्रदेश क्षेत्र ख को क्षेत्रीय सभापतिमा जनकराज शर्मा निर्वाचित भएका छन् । दुई वटै प्रदेश क्षेत्रका क्षेत्रीय समिति पनि २७ सदस्य रहने व्यवस्था भएको नेपाली कांग्रेस जाजरकोटले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : ४० बजे

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी