अनियमितताको आरोपमा नेपाली सेनाका प्रमुख सेनानी कार्की बर्खास्त « Khabarhub

अनियमितताको आरोपमा नेपाली सेनाका प्रमुख सेनानी कार्की बर्खास्त


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली सेनाको प्रमुख सेनानी केशवराज कार्की बर्खास्त भएका छन् ।

उदयपुरस्थित कालिसिद्धी गणमा प्रमुख सेनानीका रुपमा कार्यरत कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्त भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आर्थिक अनियमितता गरेको उजुरीपछि जनरल समरी सैनिक अदालतले उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरी ३ महिना कैद र अनियमितता भए विगोबमोजिमको जरिवाना समेत तिर्न आदेश गरेको हो । कार्कीलाई केन्द्रीय कारागार चलान गरिएको छ ।

कार्की कालिसिद्धी गणमा रहँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो ।

उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले प्रमुख सेनानी कार्कीमाथि ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो । जसको आधारमा २३ वैशाखमा समरी जनरल सैनिक अदालत गठन भएको थियो । कार्कीले समरी अदालतको आदेश चित्त नबुझे विशेष अदालतमा पुनरावेदन दिनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १ : २० बजे

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी