नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन ईयू सकरात्मक « Khabarhub

नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन ईयू सकरात्मक


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन आग्रह गरेका छन् ।

युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेकाले हटाइदिन आग्रह गरेका हुन्।

मन्त्री आलेको आग्रहपछि निर्देशक पम्पोलिनीले नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताए । उनले भने, “वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालोसूचीबाट हट्ने छ ।”

उक्त छलफका क्रममा दुई पक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो । नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उनी काठमाडौँमा छन्।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : ३५ बजे

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

कैलाली– सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौं– मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी– इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको