लिबियाको राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

लिबियाको राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी दर्ता


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिबियाको निर्वाचन आयोगले डिसेम्बरमा तय भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने गरी दुई महिलासहित ९८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएकोे छ ।

निर्वाचन आयोगका प्रमुख इमाद अल सायेहले त्रिपोलीमा मङ्गलबार भएको पत्रकार सम्मेलनमा भने, ‘उम्मेदवार दर्ता मञ्चले शर्त पूरा गरेका ९८ जना उम्मेदवारको कागजात प्राप्त गरेको छ ।’

सबैभन्दा बढी चर्चामा रहेका आकाङ्क्षीहरूमध्ये तत्कालिन शासक मोहमर कद्दाफीका छोरासेइफ अल–इस्लाम काद्दाफी र देशको पूर्व र दक्षिणका केही भागहरूको नियन्त्रणमा रहेको लिबियाली राष्ट्रिय सेनाका नेता खलीफा हफ्तार रहेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् ।

अन्य आकाङ्क्षीहरूमा संयुक्त राष्ट्रसंघको समर्थन रहेको संयुक्त सरकारका सरकारका प्रधानमन्त्री अब्दुलहामिद दबेबा र भूतपूर्व आन्तरिक मन्त्री फथी बाशाघा पनि रहेको बताइएको छ ।

उम्मेदवारका रूपमा नेशनल मुभमेन्ट पार्टीका अध्यक्ष तथा संस्थापक ४६ वर्षीया लीला बेन खलीफा र सामाजिक विज्ञानका अनुसन्धानकर्ता हुनादा अल–महदी दुई जना महिला मात्र अघि बढेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् २०११ मा नेटोको सहयोगमा भएको विद्रोहमा पतन भएर काद्दाफीको हत्या भएदेखि तेल सम्पन्न राष्ट्रलाई प्रभावित बनाएको एक दशकको हिंसाको अन्त्य गर्ने प्रयास गर्दा यो सर्वेक्षण आएको हो ।

अन्तिम उम्मेदवारको सूची १२ दिनभित्र प्रकाशित हुने बताइउको छ । एकपटक प्रमाणित र अपिल पूरा भएपछि आवेदन पेश गर्ने समय सीमा सकिएको सोहले बताए ।

आयोगले उम्मेदवारलाई निर्वाचन कानुन पालन गर्ने सुनिश्चित गर्न महाअभियोग, पासपोर्ट र राष्ट्रियता विभाग र जनरल इन्टेलिजेन्सलाई कागजात दिन बताइएको छ ।

लिबियाका ७० लाखमध्ये २८ लाखभन्दा बढी मानिसहरूले मतदानको लागि आफ्नो नाम दर्ता गरेका छन् भने अहिलेसम्म १७ लाखभन्दा बढी मतदाताले आफ्नो मतदाता परिचय पत्र पाएका बताइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ०१ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र