शाहको हत्यारालाई कारबाहीको माग गर्दै खलङ्गामा प्रदर्शन | Khabarhub Khabarhub

शाहको हत्यारालाई कारबाहीको माग गर्दै खलङ्गामा प्रदर्शन


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – हत्यारालाई कारबाहीको माग गर्दै जाजरकोटमा विरोध प्रदर्शन गरिएको छ । भेरी नगरपालिका-३ स्यालाका १८ वर्षीय प्रकाशजंग शाहको कुटपिटपछि हत्या गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरी स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

हत्यारालाई कारबाही गर र समाजमा शान्ति सुरक्षा कायम गर भन्दै मंगलबार खलंगा बजार बन्द गरी बजार परिक्रमा गदै जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका हुन ।

गहिरो र निष्पक्ष अनुसन्धान हुनुपर्ने, हत्यारालाई कानुन बमोजिम सजाय हुनुपर्ने, नागरिकको जीवन रक्षा निश्चित हुनुपर्ने लगायतका माग राख्दै मृतकका आफन्त र स्थानीयले विरोध गरेका हुन् । यसअघि विभिन्न मितिमा यहाँका तीन जनाको हत्या हुँदा पनि दोषी पत्ता लाग्न सकेका छैनन् । यो घटना संलग्न पनि उम्किन नपाउन भनेर खबरदारी गरिएको स्थानीय रती नेपालीले बताइन् ।

पश्चिम रुकुम सानी भेरी गाउँपालिका-१ बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको गत ३ मंसिरमा हत्या भएको थियो।

प्रहरीले घटनामा संलग्न संलग्न भएको आरोपमा मेलामा विवाद गर्ने मध्यका भेरी नगरपालिका– १ कोलचौरका सर्जन खत्री, शिवराज परियार र सन्तोष परियारलाई पक्राउ गरेको छ । त्यस्तै भेरी नगरपालिका –१ कालेगाँउका दिनेश केसी र कुशे २ घर भई भेरी १ रावतगाँउ बस्ने केशबहादुर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैलाई अदालतबाट म्याद थपाएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए । घटनाको प्रकृति, शवको पोस्टमार्टम रिपोर्ट र कल डिटेलका आधारमा अनुसन्धान अघि बढाइने डिएसपी थापाको भनाइ छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ३५ बजे

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे