कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी | Khabarhub Khabarhub

कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेपाली कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनले ८०९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी शिवराज भट्टले ४८९ मत मात्रै पाए ।

उपसभापतिबाहेक पदाधिकारीमा अन्य पदमा पनि चन्द प्यानलबाटै विजयी भएका छन् । उपसभापतिमा शिवराज भट्ट प्यानलका वीरबहादुर विष्टबाहेक अरू सबै पदमा चन्द प्यानलका उम्मेदवार विजयी भएका हुन् । विष्टले ६५८ मत प्राप्त गरेर विजय हासिल गरेका छन् ।

अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उपसभापतिमा प्रतिस्पर्धा गरेका चन्द प्यानलका रमेशदत्त पाण्डे ( ६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित भएका छन् ।

सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ विजयी भएका छन् । भट्ट प्यानलका रमेशसिंह भण्डारी ५९५ र कर्णबहादुर बोहरा ५२९ मत ल्याएर पराजित भएका छन् ।

सहसचिवमा पनि चन्द प्यानलका दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् । भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत ल्याएर पराजित भएका छन् ।

बैतडीमा १ हजार ४०९ मत रहेकोमा १ हजार ३४८ मत खसेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ४५ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र