पूर्वप्रधानन्यायाधीश खत्रीको अन्त्येष्टि, भोलि देशभरका अदालत बन्द हुने « Khabarhub

पूर्वप्रधानन्यायाधीश खत्रीको अन्त्येष्टि, भोलि देशभरका अदालत बन्द हुने


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्व प्रधानन्यायधीश नयनबहादुर खत्रीको अन्त्येष्टि गरिएको छ । ९६ वर्षको उमेरमा बिहिबार राति खत्रीको निधन भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको पशुपति आर्यघाटमा बसेको पुर्ण बैठकले पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रस्ताव पारित गर्दै भोलि देशभरका सबै अदालत बन्द गर्ने निर्णय समेत गरेको छ । निर्णय अनुसार भोलि नेपाल भरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालतहरु बन्द हुनेछन् ।

विक्रम सम्वत् १९८० साल असोज ३ गते ललितपूर जिल्लामा जन्मिएका खत्री २०३१ सालमा प्रेस काउन्सिलको अध्यक्ष समेत बनेका थिए । २०३३ सालमा सर्वोच्चको प्रधानन्यायाधीश बनेका खत्री २०४२ सालसम्म प्रधानन्यायाधीश रहेका थिए ।

मानवअधिकार आयोगका पहिलो अध्यक्ष समेत बनेका खत्री कानून आयोगका समेत अध्यक्ष बनेका थिए । उनी चीनका लागि नेपाली राजदूतको रुपमा पनि काम गरेका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  २ : १२ बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको