पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने « Khabarhub

पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तान सरकारले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको मानवीय सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री इमरान खानले सेना प्रमुख क्वामर जाभेद वाजवा, मन्त्रीहरु, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँगको भेटपछि अफगानिस्तानलाई मानवीय सहयोगको घोषणा गरेका हुन् ।

‘प्रधानमन्त्री खानले २ करोड ८० लाख डलर बराबरको मानवीय सहायताका सामग्री तत्काल अफगानिस्तानमा ढुवानी गर्न निर्देशन दिएका छन्,’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले ५० हजार मेट्रिक टन गहुँ, आपतकालीन मेडिकल उपकरण र जाडोमा प्रयोग हुने कम्मललगायतका सामग्री अफगानिस्तानमा पठाउन लागेको हो ।

पछिल्लो समयमा पाकिस्तान सरकारले आफ्नो देशबाट अफगानिस्तान निर्यात हुने निश्चित सामाग्रीको शुल्कसमेत घटाएको छ । भारतले मानवीय सहायतास्वरुप अफगानिस्तान पठाएको ५० हजार मेट्रिक टन गहुँ ढुवानीका लागि अनुमति दिने पनि पाकिस्तानले जनाएको छ । भारत सरकारले यही ११ नोभेम्बरमा सो सहयोगको घोषणा गरेको थियो । अफगानिस्तानमा सामान ढुवानीमा पाकिस्तानी पक्षबाट अवरोध भएको भारतीय विदेश मन्त्रालयलले गुनासो गरेको थियो ।

‘अवरोधकाकारण हामीले अफगानिस्तानमा सामग्री ढुवानी गर्न सकिरहेका छैनौं,’ भारतीय विदेश मन्त्रालयका प्रवत्ता अरिन्दाम वाग्चीले केही दिनअघि भनेका थिए । त्यस्तै, भारतमा औषधि उपचार गरिरहेका अफगानीलाई स्वदेश फर्किनसमेत सहयोग गर्ने पाकिस्तानले जनाएको छ । १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि उपचार गर्र्न आएका केही अफगानी भारतमा बिचल्लीमा छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : २० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले