अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित « Khabarhub

अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मतमै चित्त बुझाए । अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाए । २७ मत बदर भएको छ ।

पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैभन्दा कम मत प्राप्त गरेका हुन् ।

देउवा पक्षका केन्द्रीय सदस्य पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले घिमिरेलाई उम्मेदवार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका डा. रामबहादुर बिसीलगायतका नेताको समर्थन थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १० : ५९ बजे

आफूलाई अधिनायकवादी र तानाशाही भन्नेलाई ओलीले फर्काए जवाफ

काठमाडौं- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अधिनायकवादी

जेन-जी र स्थानीयवासीको नाममा सेयर माग्न थालेपछि हैरान हुन थाले लगानीकर्ता 

काठमाडौं– जेन-जी र स्थानीयवासीको नाममा जलविद्युत आयोजनाहरूमा निःशुल्क सेयर, छुट्टै रोयल्टी

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूको नामावली

जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’

काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो

जेन जी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारले गर्‍यो सम्मान

काठमाडौं– भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका