कांग्रेस अधिवेशन : सिरहाका १० स्थानीय तहमा सर्वसम्मत | Khabarhub Khabarhub

कांग्रेस अधिवेशन : सिरहाका १० स्थानीय तहमा सर्वसम्मत


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेपाली कांग्रेसको १४औं अधिवेशनअन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ । सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

लहान र धनगढीमाई नगरपालिको निर्वाचन भईरहेको छ भने बाँकी पालिकाहरूमा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ ।

अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अशिषलाल यादव, गोलबजार नगरपालिकामा लालबाबु भन्ने राजदेव साह, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्याणपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुवास यादव, नवराजपुर गाउँपालिकामा मदन यादव, बरियारपट्टी योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमलप्रसाद मण्डल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी पालिका कार्यसमिति पनि सर्वसम्मतिमै चयन भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : ०० बजे

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा बढ्यो चाप

काठमाडौं– बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ

एमालेमा ६४ वटा पार्टी कार्यालय र १५८ जना नेता-कार्यकर्ताको घरमा आक्रमण

काठमाडौं– नेकपा (एमाले)ले जेन-जी आन्दोलनका नाममा केन्द्रकोसहित ६४ वटा पार्टी

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान

काठमाडौं– सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेको

ज्वाङखोला पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सुचारु 

काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका