कांग्रेस खोटाङको मत गणना राति १० बजे शुरू गरिने « Khabarhub

कांग्रेस खोटाङको मत गणना राति १० बजे शुरू गरिने


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- नेपाली कांग्रेस खोटाङको मतदानको मत गणना रातभर गरिने भएको छ ।

बुधबार साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेबाट दिक्तेलको सरस्वती माविमा मत गणना सुरु गर्ने तयारी गरिएको कांग्रेस सभापति नरेश श्रेष्ठले बताए ।

कांग्रेसको सातौं जिल्ला अधिवेशनमा क्षेत्रीय कार्य समिति (प्रदेश क र ख)बाट करिब १ हजार ४०० क्षेत्रीय प्रतिनिधि सहभागी भएका थिए । कांग्रेस जिल्ला कार्य समितिको सभापति सहित सात पदाधिकारी, ३२ जिल्ला सदस्य र २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनौट गर्दै कांग्रेसको अधिवेशन सकिने छ ।

कांग्रेस खोटाङको सभापतिका लागि पूर्वपर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राईबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

आगामी राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री राई रामचन्द्र पौडेल निकट पूर्वसभापति राई आमनेसामने भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ४० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि