विकी–कटरीनाको विवाहमा मोबाइल प्रतिबन्ध « Khabarhub

विकी–कटरीनाको विवाहमा मोबाइल प्रतिबन्ध


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ आगामी डिसेम्बरको पहिलो साता वैवाहिक जीवनमा बाँधिदैछन् । रोचक कुरा के छ भने उनीहरुको विवाहमा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइँदैछ ।

विवाहस्थलमा पाहुनका लागि ‘नो–मोबाइल डिक्टेट’ लागु गरिनेछ । इभेन्ट मेनेजमेन्ट एजेन्सीलाई आफूहरुको अनुमति बिना कुनै पनि फोटो वा भिडियो सामाजिक सञ्जालमा नराख्न भनिएको छ ।

उनीहरुको विवाह राजस्थानको एक आलिशान फोर्ट–रिजर्टमा हुँदैछ । उनीहरुको विवाहलाई लिएर आधिकारिक रुपमा कसैले केही बोलेका छैनन्, न त विवाहको निमन्त्रणा पत्र नै सार्वजनिक भएको छ । यहीकारण यो जोडीले आफ्नो विवाहलाई पूर्ण रुपमा गोप्य राख्ने प्रयास गरिरहेका छन् ।

यो जोडीका एक निकटका अनुसार विकी र कटरीनाले आफूहरुको विशेष दिन भएकाले आफ्नो कुनै पनि तस्वीर वा भिडियो सामाजिक सञ्जालमा नपुगोस् भन्ने उनीहरुको चाहना छ । उनीहरुको विवाहको तयारीसँगै एक विस्तृत टिमलाई गोपनियता र सुरक्षा सुनिश्चितताका लागि राखिएको छ ।

विवाहस्थलमा एक निर्धारित क्षेत्र हुनेछ, जुन क्षेत्रभन्दा अगाडि कसैले पनि मोबाइल प्रयोग गर्न पाउने छैनन् । ए–लिस्टर बलिउडकर्मीका अलावा दुवैका परिवारका कैयौं व्यक्तिलाई विवाहमा बोलाइएको छ । मोबाइल सम्बन्धी नियम सबैमा लागु गरिने ती आफन्तले जानकारी दिए ।

त्यसो त प्रियंका चोपडा र निक जोनसको विवाहमा पनि केही क्षेत्रमा पाहुनाहरुले आफ्नो फोनलाई सुरक्षागार्ड समक्ष राखेका थिए । दीपिका पादुकोण र रणवीर सिंहको लोक कोमो विवाहमा पनि आफ्ना साथी र परिवारलाई मोबाइल फोन प्रयोग नगर्न अनुरोध गरिएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ५८ बजे

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको

दुईदिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)

सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ

तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका