काठमाडौंको गोकर्णेश्वरमा श्राद्ध गर्नेहरुको भिड (तस्बिरहरू) « Khabarhub

पुषे औँसी

काठमाडौंको गोकर्णेश्वरमा श्राद्ध गर्नेहरुको भिड (तस्बिरहरू)


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुषे औँसी तिथीमा गरिने तीर्थ (गया) श्राद्ध आज विभिन्न तिर्थस्थलहरुमा विधिपूर्वक गरिँदैछ। पौष कृष्ण औँसीमा पितृको सम्झनामा नेपालको उत्तरगया मानिने गोकर्णमा गएर श्राद्ध गर्ने परम्परा छ।

वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ।

चन्द्रमास पात्रो अनुसार सूर्य दक्षिणायनको अन्तिम औँसीमा आज हिन्दु धर्मावलम्बीहरुले पितृलाई श्रद्धापूर्वक तर्पण, सिधादान र पिण्डदान गरी श्राद्ध गर्दैछन्। पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको हो।

आज काठमाडौको गोकर्णेश्वर उत्तरगया, तनहुँको त्रिवेणीधाम देवघाट, गुल्मीको रिडी, नुवाकोट र रसुवाको सङ्गम स्थल बेत्रावती लगायतका तीर्थस्थलमा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । गया लगायतका तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १० : २८ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि