सिन्धुलीमा युद्ध खिच्दै ‘गोर्खा वारियर २’ « Khabarhub

सिन्धुलीमा युद्ध खिच्दै ‘गोर्खा वारियर २’


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वैशाख अघि ४० प्रतिशत छायांकन पुरा भएको फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायांकन सिन्धुलीबाट सुरु भएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पुजा गरेर छायांकन सुरु गरिएको हो ।

फिल्मका निर्देशक मिलन चाम्स हुन् । उनले सोलुखुम्बुसहित नेपालका केही स्थानमा छायांकन भइसकेको फिल्मको बाँकी दृश्य सिन्धुली र तनहुँमा खिचिने बताए ।

‘सिन्धुलीमा हामी तीन साता सुटिङ गर्नेछौं । यहाँ युद्धलगायतका दृश्यहरु खिचिनेछ’, निर्देशक चाम्सले भने ।

फिल्ममा युद्धको छायांकनका लागि आवश्यक पात्रका रुपमा गत महिना अडिसनबाट ३४ जना कलाकार चयन गरिएको थियो । तीसहित अहिले छायांकनमा मुख्य अभिनेता रितेश चाम्स र बिजय लामा रहेका छन् ।

फिल्ममा रेबिका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, वीरूप घले, सारा राई, मनोज केसीलगायतका कलाकारको अभिनय रहने छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सह–निर्माताको रुपमा सुरेश राई छन् । फिल्म सन् २०२२ मा रिलिज हुनेछ । फिल्म विदेशका बेलायत, भारत, मलेशियामा छायांकन हुनेछ ।

फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १ : ०१ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज