अंग्रेजी नयाँवर्ष छेकोमा ‘कठपुतली’ | Khabarhub Khabarhub

अंग्रेजी नयाँवर्ष छेकोमा ‘कठपुतली’


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना संक्रमण मत्थर भएसँगै केही सातायता नयाँ फिल्मको घोषणासँगै निर्माण भइसकेका फिल्मको रिलिज मिति सार्वजनकि गर्ने क्रम बढेको छ । यही क्रममा हरर फिल्म ‘कठपुतली’ले आगामी पुष १५ लाई रिलिज मिति बुक गराएको छ ।

अंग्रेजी नयाँवर्ष २०२२ को छेको पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । तमु ल्होसारको सार्वजनिक बिदा भएकाले फिल्म बिहीवारबाटै प्रदर्शनमा आउनेछ । सार्वजनिक विदामा फिल्म प्रदर्शन गर्न पाइने व्यवस्था छ । सम्पदा मल्लले लेखेको फिल्मका निर्देशक भीमसेन लामा हुन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ ।

पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा हुन् । फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको हो ।

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’का सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्म अन्तर्गत ‘बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ समेत जितेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १ : ४६ बजे

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको