कपिलवस्तुका दुई क्षेत्रमा देउवा पक्षीय उम्मेदवार विजयी « Khabarhub

कपिलवस्तुका दुई क्षेत्रमा देउवा पक्षीय उम्मेदवार विजयी


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– रामचन्द्र पौडेल पक्षको वर्चस्व रहेको कपिलवस्तुका दुई क्षेत्रमा संस्थापनका उम्मेदवारले बाजी पारेका छन् । संघीय निर्वाचन क्षेत्रीय अधिवेशनअन्तर्गत कपिलवस्तुमा तीन मध्ये दुई क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका हुन् ।

क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खाँ र क्षेत्र नम्बर ३ मा ब्रह्मानन्द उपाध्याय सभापतिमा निर्वाचित भएका छन् । खाँले २० मतको अन्तरले टेक बहादुर शाहीलाई पराजित गरेका हुन् । उपाध्यायले हरि प्रसाद पोख्रेललाई २३ मतको अन्तरले पराजित गरेका छन् ।

क्षेत्र नम्बर ३ मा उपाध्यायको प्यानल नै विजयी भएको छ । यसै गरी विवादका कारण रोकिएको क्षेत्र नम्बर २ को मतगणना दिउँसो २ बजेपछि सुरु भएको छ ।

यसैगरी जिल्ला सभापतिका दाबेदारी गरेका तीन जना महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । क्षेत्र नम्बर १ बाट निर्वाचन लडेका हरि राज घिमिरे, लोक नाथ शर्मा र सोहरत तेली पराजित भएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ६ : ३५ बजे

कांग्रेस देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्ने, भदौ २५ भित्र जिल्ला अधिवेशन तयारी समिति बनाइसक्ने

काठमाडौं- नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण