प्यानलसहित कास्की कांग्रेस सभापतिका लागि पाँच जनाको उम्मेदवारी « Khabarhub

प्यानलसहित कास्की कांग्रेस सभापतिका लागि पाँच जनाको उम्मेदवारी


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसको कास्की जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । पार्टीभित्रै नेताहरूको गुटको छाया देखिने गरी प्यानल बनेको छ ।

सभापति शेरबहादुर देउवा प्यानलबाट किशोरदत्त बरालले उम्मेदवारी दिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार बढी छन् ।

आइबहादुर गुरुङ र पोषनाथ शर्मा पौडेल निकट हुन् । सुदिपमोहन भट्टराई कृष्ण सिटौला निकट मानिन्छन् । अर्का सभापतिका उम्मेदवार गिरीराज गौतम पनि पौडेल समूहकै हुन् ।

गौतम जितका लागि भन्दा भट्टराईलाई पराजित गर्ने गरी उठेको केही नेताको आरोप छ । उनीहरू दुवैजनाको क्षेत्र एकैतिर पर्ने र लामो समयदेखि भट्टराईको कामप्रति असन्तुष्टि जनाउँदै आएका गौतम जिल्लामा पूर्वमन्त्री यज्ञबहादुर थापा नजिक छन् । उता, शर्माको उम्मेदवारीले गुरुङलाई जित्न गाह्रो पर्ने देखिन्छ । उनीहरू यसअघि एकै खेमामा थिए।

सभापतिमा उम्मेदवारी दिएका गुरुङ हालका उपसभापति, शर्मा क्षेत्रीय सभापति, भट्टराई जिल्ला सचिव हुन् भने बराल केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य र गौतम महासमिति सदस्य हुन् ।

जिल्ला उपसभापतिका लागि १०, सचिवका लागि ९ र सहसचिवका लागि १० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल) ले जानकारी दिए । उपाध्यक्षमा कृष्णप्रसाद ढुंगाना, नारायणप्रसाद श्रेष्ठ, पीताम्बर पौडेल, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबाबु भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद लामिछानेले उम्मेदवारी दिएका छन् ।

सचिवमा अमृतकुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाको मनोनयन छ । सहसचिवमा कृष्णमान ठुसाजु, गणेशबहादुर थापा, जयप्रकाश थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकास थापा र शंकर ढुंगानाले उम्मेदवारी दिएका छन् । मतदान शुक्रबार हुनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ८ : ३० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी