क्षेत्र नम्बर ४ मा सर्वसम्मत, अन्य क्षेत्रमा विवाद « Khabarhub

क्षेत्र नम्बर ४ मा सर्वसम्मत, अन्य क्षेत्रमा विवाद


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन बिहीबार पनि निष्कर्षमा पुग्न सकेन । आकांक्षीको संख्या बढी र सर्वसम्मतमा विवाद सिर्जना भएपछि क्षेत्रीय अधिवेशन निष्कर्षमा पुग्न नसकेको हो ।

प्राप्त जानकारीअनुसार बिहीबार बेलुकीसम्म क्षेत्र नम्बर ४ मा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । उपिनप्रसाद यादवको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्वाचित भएको महोत्तरी कांग्रेसले जनाएको छ ।

अन्य क्षेत्रमा भने छलफल सर्वसम्मतको प्रयास जारी रहेको महोत्तरी कांग्रेसका सभापति महेन्द्र राय यादवले बताए ।

निर्वाचन क्षेत्र नम्बर ३ को ख मा अझै प्रदेश प्रतिनिधि चयन हुन सकेका छैनन् । निर्वाचन गर्न पनि नमान्ने र सर्वसम्मत गर्न पनि अस्वीकार गर्ने एक पक्षको अडानका कारण महोत्तरीमा वडादेखि पालिका र क्षेत्रीय अधिवेशन विवादित बन्दै आएको छ ।

अझै मनरासिस्वा वडा नम्बर ८ मा वडा अधिवेशन हुन सकेको छैन । त्यसैगरी प्रदेश प्रतिनिधि छनोटमा समेत ढिलाइ भइरहेको केन्द्रबाट खटिएर आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीले बताए ।

विवादित क्षेत्र नम्बर १, २ र ३ मा सहमति नभए निर्वाचनको विकल्प नरहेको सभापति यादवको भनाइ छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : १५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट