स्वरोजगार कर्जा अब बैङ्कबाट समेत लगानी हुने « Khabarhub

स्वरोजगार कर्जा अब बैङ्कबाट समेत लगानी हुने


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा सानाव्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैङ्कबीच स्वरोजगार कर्जा लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ ।

बेरोजगार युवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लो पटक बैङ्कमार्फत पनि लगानी परिचालन गर्न बैङ्कसँग साझेदारी गर्न लागेको हो ।

२०६५ सालमा स्थापित स्वरोजगार कोषले यसअघि मूलभूत रूपमा सहकारी संस्थामार्फत लगानी गर्दैआएको भए पनि कोषमा नवनियुक्त कार्यकारी निर्देशक विश्वमोहन अधिकारी आएपछि बैङ्कमार्फत पनि लगानी गर्न लागेको हो । कोषले हालसम्म बैङ्क, वित्तीय तथा सहकारी संस्थाबाट करिब १० अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरिरहेको छ । जसबाट हालसम्म करिब ८१ हजारभन्दा बढी युवाहरूलाई स्वरोजगार बनेका छन् ।

त्यस्तै कोषले थप स्वरोजगारिता सृजना गर्नका लागि पछिल्लो पटक गरिमा विकास बैङ्कसँग रू ५ करोड थोक कर्जा लगानीको लागि बुधबार सम्झौता गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : १५ बजे

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

पूर्वाधार विकासको प्रतीक्षामा ‘दोमुख’

हुम्ला– हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा

सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक