महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन | Khabarhub Khabarhub

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ का लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो ।

एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन् ।

एन्फा टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) समेत रहेका अस्ट्रेलियन नागरिक ग्यारी हाल एन्फाको प्राविधिक क्षेत्रको कार्यमा व्यस्त छन् । मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि एन्फाले ग्यारीलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो ।

ग्यारीले साउनमा दशरथ रंगशालामा बंगलोदशविरुद्ध भएको दुई मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटमा नेपाली टोली हेरेका थिए ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त रहेका कारण चेतनलाई महिला टोली हेर्न दिने सम्भावना रहेको बताए । ‘डिसेम्बरसम्म मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त छन् । यसअघि टोली हेरेका चेतनलाई जिम्मेवारी दिने सम्भावना छ,’ तुलाधर भन्छन् ।

एन्फा स्रोतका अनुसार चेतनले विगत तीन दिनदेखि टोलीको नियमित प्रशिक्षण हेरिरहेका छन् । २६ खेलाडी समेटेर चेतनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिक प्रशिक्षण गराइरहेको छन् ।

४ देशको सहभागिता रहने प्रतियोगिता २३ मंसिरबाट पुस ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल सहित आयोजक भारत र थाइल्याण्डको टुंगो लागेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : ४५ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले