डिभोर्सपछि हलिउड फिल्ममा सामन्था « Khabarhub

डिभोर्सपछि हलिउड फिल्ममा सामन्था


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु केही समययता चर्चामा छिन् । उनी आफ्नो व्यावसायिकसँगै व्यक्तिगत जीवनलाई पनि लिएर चर्चामा आएकी हुन् ।

गत महिना सामन्थाले पति नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेपछि उनका फ्यानलाई ठूलो झड्का लागेको थियो । यिनै सामन्था अहिले व्यावसायिक विषयका कारण चर्चामा छिन् । सामन्था हलिउड फिल्म ‘अरेजमेन्ट्स अफ लभ’मा अनुबन्धित भएकी छन् । फिल्मको निर्देशन ‘बाफ्टा अवार्ड’ विजेता निर्देशक फिलिप जोनले गर्नेछन् ।

फिलिपले कैयौं चर्चित टेलिभिजन शो निर्माण गरेका छन् । जसमा ‘द गुड कर्मा हस्पिटल’ र ‘डाउनटाउन एबे’ जस्ता हिट शो छन् । उनको फिल्मको निर्माण सुनीता टाटीको प्रोडक्सन हाउस गुरु फिल्मस्ले गर्नेछ ।

फिल्म ‘अरेन्जमेन्ट्स अफ लभ’ सन् २००४ मा सार्वजनिक भएको ‘बेस्ट सेलिङ नोभल’मा आधारित छ । फिल्ममा सामन्थाको भूमिका एक भारतीय जासुसको हुनेछ ।

सामन्थाले ‘द फेमिली २’मा दक्षिण भारतीय क्षेत्रबाहिर आफ्नो फ्यान फलोइङ बढाएकी थिइन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ३९ बजे

शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ- प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई

बुधबारको विदेशी मुद्राको विनिमय दर: डलरको बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल जेठ २० गते बुधबार अधिक जेठ

आज २०८३ साल जेठ २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २० गते बुधबार अधिक जेठ

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार