प्रेमिकालाई नछुँदा अक्षयको ब्रेकअप ! « Khabarhub

प्रेमिकालाई नछुँदा अक्षयको ब्रेकअप !


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडका ‘खेलाडी’का रुपमा चिनिएका अभिनेता अक्षय कुमार हालका दिनमा फिल्म ‘सूर्यवंशी’लाई लिएर चर्चामा छन् । अक्षय फिल्मका अलावा आफ्नो जीवनका कारण पनि चर्चामा आइरहन्छन् । विवाह अघि अक्षयको अफेयरको खबरले कुनै समय बलिउड तातेको थियो । जसकारण उनलाई ‘बलिउडको प्लेब्वाइ’ भनिने गरिन्थ्यो ।

तर तपाईंलाई अक्षयको एउटा गोप्य कुरा थाहा छैन होला । त्यो के हो भने उनले आफ्नो प्रेमिकालाई छुन नसक्दा उनको प्रेमजीवन असफल भएको थियो । अर्थात् प्रेमिकासँग उनको ब्रेकअप भएको थियो ।

अक्षयले यो कुराको खुलासा कमेडियन कपिल शर्माको शोमा गरेका हुन् । भिडियोमा कपिल शर्मा, अक्षय कुमार, रितेश देशमुख नेखिएका छन् । अक्षयका अनुसार स्कुल जीवनमा उनको एक प्रेमिका थिइन् । जोसँग उनको ब्रेकअप गएको थियो । ‘किनकी मलाई त्यो समयमा युवतीसँग कुराकानी गर्न या उसलाई छुनसम्म डर लाग्थ्यो’, अक्षयले भनेका छन् ।

अक्षयको यो भिडियो फ्यानले निकै मनपराएका छन् । कामको कुरा गर्दा अक्षय पछिल्लो समयमा एकपछि अर्को फिल्मको सुटिङमा व्यस्त छन् । उनले आगामी फिल्म ‘अन्तरंगी रे’ को सुटिङ पुरा गरिसकेका छन् । यो फिल्ममा अक्षयसँगै सारा अली खान र साउथ स्टार धनुषको पनि अभिनय छ । फिल्मका निर्देशक आनन्द एल राय हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : १० बजे

लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको कूटनीतिक

अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

म्याग्दी– अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

काठमाडौँ- नेपाल जापानमा आयोजना हुने आसन्न एसियन गेम्सको पुरुष क्रिकेट