खोटाङको सभापतिमा पौडेल निकट विष्णुकुमार राईको प्यानलै विजयी | Khabarhub Khabarhub

खोटाङको सभापतिमा पौडेल निकट विष्णुकुमार राईको प्यानलै विजयी


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन् । कांग्रेसको सातौं जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईभन्दा ५९ बढी मत ल्याएर विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

मतदानमा १ हजार ३२२ मत खसेकोमा शुक्रबार सार्वजनिक घोषित परिणामअनुसार विष्णुकुमारले ६६९ मत पाउँदा सर्वधनले ६१० मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले तेस्रोपल्ट पार्टीको जिल्ला सभापतिको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । पौडेल समूह निकट राईको सिंगो प्यानल नै विजयी भएको छ ।

नवनिर्वाचित सभापति राई कांग्रेसका पूर्वसभापति एवं महासमिति सदस्य हुन् । २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा प्रवेश गरेका विष्णुकुमार २०६२ साल र २०६७ सालको अधिवेशनबाट पार्टीको सभापति चुनिएका थिए ।

यस्तै २०४८ साल र २०५२ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका राई २०७२ सालमा महासमिति सदस्य बनेका थिए । कानुनमा स्नातक उनी ६ असार २०४९ देखि ५ वर्ष तत्कालीन जिल्ला विकास समिति खोटाङको सभापति बनेका थिए ।

साहित्यमा उनी विष्णु आभूषणका रूपमा चिनिन्छन् । उनलाई निवर्तमान सभापति नरेश श्रेष्ठ, शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन थियो । सभापतिमा पराजित सर्वधन देउवा निकट हुन् ।

राईको प्यानलबाट उपसभापतिमा इवन राईले ७५३ मत र तीर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी भएका छन् । सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी बनेका छन् ।

यस्तै, सहसचिवमा सार्जन राईले ६२४ मत र सालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ४० बजे

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,

बाढीपहिरो पीडितलाई स्थायी आवास निर्माण गर्न अनुदान वितरण

काभ्रेपलाञ्चोक– गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका

शिक्षकहरू २१ दिनदेखि सडकमै (तस्बिरहरू)

काठमाडौं– शिक्षा ऐनलगायत विभिन्न माग राख्दै आज २१ औँ दिनसम्म

भारतीय विद्युत् मन्त्री काठमाडौंमा

 काठमाडौं– भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर

चैते धान खेतीप्रति किसानको आकर्षण

कैलाली– भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती