धनुषा कांग्रेस : सात प्रदेश क्षेत्रको नेतृत्व चयन | Khabarhub Khabarhub

धनुषा कांग्रेस : सात प्रदेश क्षेत्रको नेतृत्व चयन


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धनुषाको आठ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा नेतृत्व चयन भएको छ ।

धनुषाका ७ क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमतिमा नेतृत्व चयन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेशशङकर गिरीले जानकारी दिए । क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १ (ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित भए।

क्षेत्र १ (क) मा सहमतिमै नेतृत्व चयन भए पनि १ (ख) मा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट क्षेत्रीय सभापतिमा लामा २२५ मत प्राप्त गरी विजयी भए । ने उनका प्रतिद्वन्द्वी मदन यादवले ७५ प्राप्त गरे ।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) मा पनि सहमतिमै नेतृत्व चयन भएको छ । उक्त क्षेत्रमा सुजित साह सभापतिमा निर्वाचित भए । क्षेत्र नम्बर २ (ख) मा सहमतिको प्रयास जारी रहेको र सहमति जुट्न नसके मतदान प्रक्रियामा जाने तयारी भएको धनुषा सभापति गिरीले बताए ।

धनुषा ३ को दुवै निर्वाचन क्षेत्रमा पनि सहमति मै नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ (क) मा छेदी राउत र ३ (ख) मा रामचन्द्र पजियार प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भए।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि सहमति मै नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नम्बर ४ (क) मा योगनारायण यादव र ४ (ख) मा बासुदेव पौडेल प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भए । प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै मंसिर १२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको जिल्ला निर्वाचन सचिवालय प्रमुख रामगुलाम कर्णले जानकारी दिए । धनुषामा चारवटा निर्वाचन क्षेत्र छन् । रासस

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : ३० बजे

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेन-जीका नाममा घेर्न थालेपछि एकै ठाउँ दलनिकट ट्रेड युनियन, मुख्य सचिवसँग लगाए गुहार

काठमाडौं- सार्वजनिक प्रशासन रूपान्तरणका नाममा निजामती कर्मचारीमा पनि जेन-जी आन्दोलन

प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल

मोरङ– अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना

भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो

लेह- लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन मागसहित नेपालकै शैलीमा प्रदर्शन

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्ध

काठमाडौं – कलाकार माओत्से गुरुङको लेखन र निर्देशनमा बन्न लागेको