पाण्डेको अध्यक्षतमा नेपाल–यूएई विजनेस काउन्सिल गठन « Khabarhub

पाण्डेको अध्यक्षतमा नेपाल–यूएई विजनेस काउन्सिल गठन


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल –यूएई विजनेस काउन्सिल गठन भएको छ ।

बिहीबार काठमाडौँस्थित यूएई दुताबास र सिइयो क्लव ग्लोबलले सेन्टर फर डिप्लोम्याटिक डाइलगको सहकार्यमा काउन्सिल गठन भएको घोषणा कार्यक्रम आयोजना गरेका हुन । नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्जवल जङ्ग पाण्डेको अध्यक्षतामा नेपाल–यूएई विजनेस काउन्सिल गठन गरिएको आयोजकले जनाएका छन् ।

पाण्डेको अध्यक्षतामा रहेको सो विजनेस काउन्सिलको बरिष्ठ उपाध्यक्षमा वश्रुद्धिन अन्सारी, प्रथम उपाध्यक्षमा डा राजेन्द्र के सी, द्वितीय उपाध्यक्षमा डा सुबोध कुमार गुप्ता, तृतीय उपाध्यक्षमा रघुनाथ पुरी र महासचिवमा मनोज गोयल रहेका छन् । त्यसैगरी सचिवमा प्रकाश न्यौपाने, विशेष सदस्यहरुमा पुरुशोतम न्यौपाने, अजय सिंह कार्की र देवेन्द्र गिरी रहेका काउन्सिलले जनाएको छ ।

बरिष्ठ उपाध्यक्ष अन्सारी निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका अध्यक्ष हुन् भने उपाध्यक्ष डा. के सी साउथ वेष्टर्न शिक्षा समूहका संस्थापक हुन् । द्वितीय उपाध्यक्ष डा सुबोध कुमार गुप्ता विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हुन् भने तृतीय उपाध्यक्ष रघुनाथ पुरी रिभर ग्रुप अफ कम्पनीजका अध्यक्ष हुन् ।

त्यसैगरी महासचिव मनोज गोयल मारुती सिमेन्ट र बुटवल सिमेन्टका कार्यकारी निर्देशक र सचिव प्रकाश न्यौपाने एक्सप्लोरबाइ टेक्नोलोजीका अध्यक्ष हुन् । विशेष सदस्यहरुमा पुरुशोतम न्यौपाने यूएचएस होल्डिङका संस्थापक हुन् भने अजय सिंह कार्की प्रसिद गु्रप अफ कम्पनिजका अध्यक्ष हुन् । त्यसैगरी देवेन्द्र गिरी मनाङ होटलका अध्यक्ष हुन् ।

अब काउन्सिलको एक प्रतिनिधिमण्डल यूएईमागई त्यहाँको चेम्बर अफ कमर्ससँग सहकार्यको सम्झौता गर्ने कार्यक्रम रहेको काउन्सिलले बताएको छ । साथै यूएईबाट एउटा प्रतिनिधिमण्डल नेपाल बोलाउने पनि काउन्सिलका संरक्षक डा शम्भु पोखरेलले जनाएका छन् ।

काउन्सिलको प्रमुख संरक्षकमा नेपालस्थित यूएईका राजदुत साईद हमदान अल नक्वीर, संरक्षकमा सिइयो क्लव ग्लोबल नेपाल चेप्टरका अध्यक्ष तथा सेन्टर फर डिप्लोम्याटिक डाइलग (सेडिड) का अध्यक्ष डा शम्भु पोखरेल रहने काउन्सिलले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : ५२ बजे

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो, पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ– लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा)

विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेशलाई आईसीसीले वित्तीय र प्रशासनिक कारबाही नगर्ने

काठमाडौं – विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेट परिषद्

कांग्रेस उपसभापति शर्मा पाँच जिल्लाको चुनावी दौडाहामा, आज बाँके पुग्दै 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१

विश्वकपमा आज तीन खेल : अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।