कांग्रेस खोटाङ उपसभापतिमा इवन राईले पाए ‘पपुलर’ मत | Khabarhub Khabarhub

कांग्रेस खोटाङ उपसभापतिमा इवन राईले पाए ‘पपुलर’ मत


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ-नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर रहेका राई कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट पपुलर मत सहित उपसभापतिमा निर्वाचित भएका हुन् ।

एकै प्यानलमा सभापतिमा विष्णुकुमार राईले ६ सय ६९ मत ल्याउँदा इवनले सात सय ५३ मत पाए ।

‘तपाईको विश्वास र विचारले सिञ्चित एक-एक मत मेरो लागि कठिनभन्दा कठिन यात्राको लागि ऊर्जा हुनेछ ! पार्टीप्रति थप जिम्मेवार र क्रियाशील रहँदै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास दिलाउन चाहन्छु,’ नवनिर्वाचित उपसभापति राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समाज र पार्टी बदल्ने महान अभियानमा तपाईको सहयात्राको अपेक्षा गर्दछु ।’

हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका राईले राजनीति सुरु २०६० सालदेखि पार्टी राजनीति थालेका हुन् । २०६७ मा जिल्ला कार्य समिति सदस्य, संगठन विभाग प्रमुख हुँदै २०७२ मा क्षेत्रीय सभापति निर्वाचित भएका थिए ।

फिल्डमा बसेर नेता तथा कार्यकर्ताको मन मस्तिष्कमा बस्न सकेकै परिणाम आफूलाई लोकप्रीय मत प्राप्त भएको नवनिर्वाचित उपसभापति राईले बताउँछन् ।

‘फिल्डमा बसेर काम गरियो । पार्टीभित्रको मतभेद र अन्तर्द्वन्द्व व्यवस्थापन गर्दै पार्टीलाई एकाकार पार्नमा भूमिका रह्यो । घात-अन्तर्घातको समस्याले अलग-अलग भएका नेतालाई एक ठाउँमा ल्याउन भूमीका निर्वाह गरेँ,’ राईले भने, ‘युवा परिवर्तन चाहन्छ । नवीन सोच र बिचार भएको नेतृत्वको उपस्थिति चाहन्छन् । पुरानो पुस्ता र नयाँ पुस्तालाई मिलाएर लैजान भूमिका खेलेका कारण पनि नेता तथा कार्यकर्ताको मन मस्तिष्कमा बस्न सफल भएँ भन्ने लाग्छ ।’

राईकै प्यानलका अर्का उपसभापति तीर्थराज भट्टराई दोस्राे र सचिव समिर राईले तेस्रो पपुलर मत पाएका छन् । यस्तै, संघीय महाधिवेशन प्रतिनिधिमा इच्छुराम राना सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । रानाले ६ सय ४४ मत पाएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : ५९ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले