आफन्तको अन्तिम संस्कार गरेर फर्कँदा, फर्केर हेर्नु हुन्न « Khabarhub

आफन्तको अन्तिम संस्कार गरेर फर्कँदा, फर्केर हेर्नु हुन्न


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोही आफन्तको मृत्युपछि शवलाई जातीय संस्कार अनुसार दाहसंस्कार वा अन्तिम संस्कार गर्ने परम्परा हुन्छ । मृत्यु र त्यसपछि आत्माको अन्तिम यात्राका बारेमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा केही संस्कार र नियम बारे बताइएको छ । गरुड पुराण अनुसार मृत शरीर सहित मृत व्यक्तिको आत्माको शान्तीका लागि केही संस्कार गर्नुपर्ने हुन्छ ।

क) आफन्तको मृत्यु पश्चात अन्तिम संस्कार भन्दा पहिले नुहाइदिनु पर्ने र त्यसपछि सफा कपडा लगाइदिएर शरीरमा चन्दन, घिउ र तिलको तेलको लेप लगाइदिनुपर्ने मान्यता छ ।

ख) धार्मिक मान्यता अनुसार अन्तिम संस्कार गरेर फर्कँदा आफन्तजनले पछाडि फर्केर हेर्न नहुने मान्यता छ । यसो गर्दा आत्माले पनि परिवारको मोह त्याग्ने विश्वास गरिन्छ ।

ग) गरुड पुराणमा मृत्यु भन्दा अघि पनि केही काम गर्नुपर्ने बारे बताइएको छ । जीवित हुँदै मानिसले मृत्युपछि आत्माले कष्ट नभोगोस् भन्नका लागि तिल, फलाम, सुन, कपास, नुन, अन्न, जमिन, गाई, जलपात्र र चप्पल दान गर्नुपर्ने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ५३ बजे

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१