लोकतन्त्र र संविधानबारे भारतीय महावाणिज्य दूतावासको आयोजनामा प्यानल छलफल | Khabarhub Khabarhub

लोकतन्त्र र संविधानबारे भारतीय महावाणिज्य दूतावासको आयोजनामा प्यानल छलफल


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा लोकतन्त्र र संविधानबारे प्यानल छलफल कार्यक्रमको आयोजना गरिएको छ । ‘आजादीका अमृत महोत्सव (७५)’ अवसरमा आयोजित कार्यक्रममा विज्ञ तथा विश्लेषकहरुले लोकतन्त्रका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच नियन्त्रण र सन्तुललाई बलियो बनाउनुपर्ने बताएका छन् ।

उनीहरुले संविधानका विशेषताहरू जस्तै तटस्थता, समावेशीता, परिमार्जनशीलता, प्रगतिशीलता, शक्ति पृथकीकरण, सरकारको कर्तव्य र नागरिकको मौलिक अधिकारको संरक्षणको प्रत्याभूति विषयमा विवेचना गरेका थिए । उनीहरुले १२१५ को म्याग्नाकार्टादेखि २०१५ को नेपालको संविधानसम्मको संविधानको इतिहासलाई प्रतिबिम्बित गर्दै लोकतन्त्रको सफलताका लागि संविधान महत्वपूर्ण औजार भएको निष्कर्ष निकालेका थिए।

बलियो लोकतन्त्रको संविधानले यसका तीन खम्बा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा नियन्त्रण र सन्तुलन राख्ने र यसले लोकतन्त्रको फलिफाप र सफलता सुनिश्चित गर्ने प्यानलका सदस्यहरूले धारणा राखे ।

भारतको संविधानमा जोड दिँदै, प्यानलका सदस्यहरूले नेपालले पनि यसबाट समावेशीता, प्रगतिशीलता, जनताको मौलिक अधिकारको सम्मान र न्यायपालिकाको सर्वोच्चता जस्ता विषयहरु अंगिकार गर्न सक्ने सुझाब दिए ।

वीरगञ्जमा आयोजित कार्यक्रममा सामाजिक कार्यकर्ता मोनिका सिंह, साहु मञ्च रक्शौलका अध्यक्ष सुरेश कुमार, अर्थविद् लक्ष्मी कर्ण, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगन्जका रामेश्वर सेढाई, हेटौँडा उच्च अदालतका अधिवक्ता विनोद गुप्ता, वीरगन्ज कलेजका प्रिन्सिपल पन्नालाल गुप्ता, भारतीय कन्सुल जनरल नितेश कुमारलगायतले प्यानल छलफलमा भाग लिएका थिए ।

भारतीय कन्सुल जनरल नितेश कुमार यस विषयमा विभिन्न र जानकारीमूलक विचारका लागि सहभागीहरूलाई धन्यवाद दिए। उनले संविधानले प्रदान गरेको अधिकारको संरक्षणका साथै नागरिकले कर्तव्यको पालना गर्दै यसमा व्यवस्था गरिएका उचित बन्देजको कदर गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : १६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने