कमरेड बाहुबली! २१ घटनाले बताउँछ, ओलीमा शक्तिको असीमित तिर्खा छ « Khabarhub

कमरेड बाहुबली! २१ घटनाले बताउँछ, ओलीमा शक्तिको असीमित तिर्खा छ


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रवादको नारामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको उदय भयो । छिमेकी भारतमा नरेन्द्र मोदी र पाकिस्तनमा प्रधानमन्त्री इमरान खानको उदय यसैगरी भयो ।

आज अमेरिका, युरोप र ल्याटिन अमेरिकाका थुप्रै देशमा लोकतान्त्रिक बाटोबाट उग्रदक्षिणपन्थी वा उग्रवामपन्थी नाराले यसैगरी वैधानिकता पाइरहेको छ यसलाई कतिपय विज्ञले चुनावको अपहरणमार्फत उदाएको ‘निर्वाचन अधिकारवाद’ समेत भन्ने गरेको प्रसंगलाई मिलाएर नेपाल साप्ताहिकले प्रधानमन्त्री केपी शर्मा ओलीमा शक्तिको असीमित तिर्खा रहेको खबर छापेको छ । पत्रिकाले बनाएको ‘कभर स्टोरी’ कसरी प्रधानमन्त्री शक्तिको भोक मेटाउन कसरतमा छन् भन्ने कुरा उल्लेख गरिएको छ।

प्रधानमन्त्रीलाई शक्तिको भोग जागिरहेको प्रसंग प्रतिपक्षी दल तथा अन्यले उठाउँदा प्रधानमन्त्री ओलीले राष्ट्रिय विकास परिषदको बैठकमा चैत २१ २०७५ मा देशभरका स्थानीय तह, प्रदेशसभासहित अर्थशास्त्री कर्मचारी, राजनीतिज्ञ उपस्थित कार्यक्रममा भने, ‘प्रधानमन्त्रीले शक्ति केन्द्रीकृत गर्‍यो भन्छन्, प्रमलाई पावरको शोख छैन । बरु प्रम हंगर अफ चेन्ज, हंगर अफ डेभलपमेन्ट छ ।’

त्यस्तै प्रधानमन्त्रीको पार्टीभित्रको पकड प्रयास, झापा मोह, मन्त्री नियन्त्रण, यातायात सिन्डिकेटको रक्षक, बुद्धिजिबीमाथि आक्रमण, विभिन्न राजनीतिक नियुक्ति, प्रेस स्वतन्त्रतामाथिको अंकुश, राजदूत नियुक्ति, प्रदेश सरकार दबाबमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद नियन्त्रण प्रयास, अदालतमा प्रभाव, निर्वाचन आयोगमा प्रभाव, राष्ट्रिय योजना आयोज, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मापदण्ड तथा अनुगमन, राजस्व अनुसन्धान विभाग, शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय सुरक्षा परिषद, राष्ट्रिय मानव अधिकार आयोगमा प्रधानमन्त्रीले चालेको कदमले शक्तिको भोग दर्सिने समाचारमा उल्लेख छ ।

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने कानून बन्ने प्रक्रियामा खुलापन रहेको भन्दै सरकार निरंकुश भन्ने प्रश्न उठ्ने ठाउँ नै नरहेको बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ७ : ०९ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार