एमाले महाधिवेशन : बन्दसत्र शुरू हुँदै (लाइभ) | Khabarhub Khabarhub

एमाले महाधिवेशन : बन्दसत्र शुरू हुँदै (लाइभ)


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा शुरु हुँदैछ ।

बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे शुरू हुने भनिए पनि ढिला गरी शुरु हुन लागेको हो । आठ बजेका लागि प्रतिनिधिलाई बन्दसत्र हलमा बोलाइएको छ । बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरेका प्रतिनिधि दिनभर बन्दसत्र सुरु हुने नहुने अन्योलमा बसेका थिए । अहिले प्रतिनिधि बन्दसत्र हलमा प्रवेश गर्न थालेको छन् ।

बन्दसत्र सारेर अहिले महाधिवेशन अध्यक्षमण्डलको बैठक बसिरहेको छ । बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमाथि छलफल भइरहेको छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहेका छन् ।त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा छन् ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सहमतिमै नेतृत्व चयन गरिने भएकाले बन्दसत्र सुरु गर्न समय लागेको बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ०० बजे

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर