कांग्रेस अधिवेशन: देउवाकै दुई प्यानल चुनावी मैदानमा | Khabarhub Khabarhub

कांग्रेस अधिवेशन: देउवाकै दुई प्यानल चुनावी मैदानमा


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ मा सोमबार १३ गते पुनः हुने क्षेत्रीय निर्वाचनमा देउवाकै दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यही ६ गते भएको क्षेत्रीय निर्वाचनमा मतदाता भन्दा बढी मत खसेको भन्दै पुनः मतदान हुन लागेको हो ।

एकतर्फ पूर्वराज्यमन्त्री गोबिन्द बहादुर शाह र पूर्व जिल्ला सभापति मेगराज खड्का नेतृत्वको प्यानल रहेको छ भने , अर्कोतर्फ हालका पार्टी सभापति भरत कुमार स्वारको नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धा गर्दै छ ।

पूर्वराज्यमन्त्री शाह र पूर्व पार्टी सभापति खड्का नेतृत्वमा टिकाराम खनाल, टेक बहादुर साउँद, राजन कुँवर, कृष्ण कुँवर (एन्जीला), राजेन्द्र शाह, राजन कुँवर, नृप बहादुर साउँद र काली बुढा रहेका छन् ।

यस्तै हालका पार्टी सभापति भरत कुमार स्वारले नेतृत्व गरेको प्यानलमा भक्त ठकुल्ला, राजेन्द्र खड्का, टेक बहादुर कुँवर, बल बहादुर कुँवर, तपेन्द्र शाह, मोहन कुँवर, भीमबहादुर साउँद, शेरबहादुर शाह र राम बहादुर कुँवर रहेका छन् ।

दुबै प्यानल आफू बलियो भएको दाबी गरिरहदा प्रारम्भिक आकलनमा पूर्व राज्यमन्त्री शाह र पूर्व पार्टी सभापति खड्काको नेतृत्वको प्यानल बलियो देखिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ४५ बजे

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु