शनिको कुदृष्टिबाट बचाउन उपयोगी हुन्छ यो रत्न « Khabarhub

शनिको कुदृष्टिबाट बचाउन उपयोगी हुन्छ यो रत्न


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक मान्यता अनुसार शनि देवको कृपा हुने जातक भिखारीबाट धनवान् बन्न समय लाग्दैन । तर शनिको खराब नजर परेमा मानिसले हानी बेहोर्नु पर्ने ज्योतिषिय मान्यता छ ।
यस्तोमा ज्योतिष शास्त्र अनुसार शनि सम्बन्धित दोषबाट बच्न केही उपाय सुझाइएको छ ।

ज्योतिषको शाखा रत्न शास्त्र अनुसार ग्रहको शुभ प्रभाव बढाउन रत्न धारण गर्न सुझाइएको हुन्छ । यसमा ९ ग्रहका लागि कैयौं रत्न र उप–रत्न बताइएको छ । यी रत्नमा पनि सबैभन्दा शक्तिशाली रत्नको कुरा गरे त्यसमा निलम पर्दछ ।

नीलो रंगको निलम रत्न शनि ग्रहको प्रतिनिधित्व गर्दछ । केही घण्टामा नै यसले राम्रो नराम्रो दुवै असर देखाउन सुरु गर्ने ज्योतिषिय मान्यता छ। यस्तोमा ज्योतिषिय ज्ञान भएका रत्नका जानकार व्यक्तिको सल्लाहमा यो रत्न धारण गरे शनि दोषबाट छुटकारा पाउनु उपयोगी मानिन्छ ।

यदि निलम रत्न धारण गर्दा जातकले खराब असर प्राप्त गरे आकस्मिक घटना हुने आशंका बढेर जान्छ । यसलाई औँठी वा लकेट बनाएर धारण गर्नु अघि एक सातासम्म रातमा आफ्नो सिरानी मुनी राख्नु पर्ने मान्यता छ । यसो गर्दा राम्रो निन्द्रा परे, तनाव महसुस नभए, खराब सपना नदेखे मात्र यसलाई धारण गर्नुपर्ने मान्यता छ ।

सिरानी मुनी राख्दा यसलाई नीलो कपडामा बाँधेर राख्नुपर्ने मान्यता छ । साथै शनिवारको मध्य रात्रिमा धारण गर्दा शुभ हुने धार्मिक विश्वास छ । ध्यान रहोस् निलम धारण गरेपछि मदिरा र तामसिक भोजनको सेवन गर्नु हुँदैन । अन्यथा खराब नतिजा भोग्नुपर्ने ज्योतिषिय मान्यता छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ०६ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा