भारतीय सहयोगमा निर्मित दार्चुला दुई विद्यालय भवन उद्घाटन | Khabarhub Khabarhub

भारतीय सहयोगमा निर्मित दार्चुला दुई विद्यालय भवन उद्घाटन


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- भारतीय आर्थिक सहयोगमा दार्चुलामा निर्मित दुई विद्यालय भवन सञ्चालनमा आएको छन् ।

तिंकरमा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र हाकाली–७ धापमा निर्मित मालिकार्जुन नमुना माध्यमिक विद्यालय भवन सञ्चालनमा आएका हुन् ।

भारत सरकारको ३ करोड ६० लाख आर्थिक सहयोगमा निर्मित ती विद्याय भवनको आइतबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा, जिल्ला समन्वय सिमिति दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले संयुक्त रूपमा उद्घाटन गरेसँगै सञ्चालनमा पनि आएका छन् ।

मोती महिला संघ प्राथमिक विद्यालयमा ३९१ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन् । यस नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाई वातावरणलाई सुधार पुग्ने अपेक्षा गरिएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । हालसम्म ४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये दार्चुला जिल्लाका ६ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ४० बजे

व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्री न्यौपानेको निर्देशन

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीय, प्रदेश

सूर्यदर्शनको बचत हिनामिना : रविसहितको मुद्दामा सकिएन सुनुवाइ, अर्को बिहीबार बाँकी बहस हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्ध दायर

एक डाक्टर विदेशिएपछि सामाजिक सञ्जालमा तरंग !

काठमाडौं– एक डाक्टरले देश छोडेको हल्लाले सामाजिक सञ्जाल तातेको छ

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले