भारतीय सहयोगमा निर्मित दार्चुला दुई विद्यालय भवन उद्घाटन « Khabarhub

भारतीय सहयोगमा निर्मित दार्चुला दुई विद्यालय भवन उद्घाटन


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- भारतीय आर्थिक सहयोगमा दार्चुलामा निर्मित दुई विद्यालय भवन सञ्चालनमा आएको छन् ।

तिंकरमा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र हाकाली–७ धापमा निर्मित मालिकार्जुन नमुना माध्यमिक विद्यालय भवन सञ्चालनमा आएका हुन् ।

भारत सरकारको ३ करोड ६० लाख आर्थिक सहयोगमा निर्मित ती विद्याय भवनको आइतबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा, जिल्ला समन्वय सिमिति दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले संयुक्त रूपमा उद्घाटन गरेसँगै सञ्चालनमा पनि आएका छन् ।

मोती महिला संघ प्राथमिक विद्यालयमा ३९१ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन् । यस नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाई वातावरणलाई सुधार पुग्ने अपेक्षा गरिएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । हालसम्म ४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये दार्चुला जिल्लाका ६ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ४० बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ