मलाइका र अर्जुनबीच खटपट | Khabarhub Khabarhub

मलाइका र अर्जुनबीच खटपट


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा सार्वजनिक रुपमा आफ्नो सम्बन्धमा बारे केही नबोले पनि सामाजिक सञ्जालमा भने उनीहरु एकअर्काको प्रेम प्रदर्शन गरिरहन्छन् । तर यो जोडीलाई मनपराउने उनीहरुको फ्यानका लागि एउटा दुःखको खबर छ । हालैमात्र यो जोडीबीच ठूलो झगडा भएको छ । जसकारण मलाइका अर्जुनप्रति निरास बनेकी छन् ।

हालैका दिनमा महाराष्ट्रमा फिलम हल खुलेपछि फिल्मको काम तिब्र रुपले अघि बढिरहेको छ । कैयौं महिनादेखि धिमा चलिरहेको फिल्मको कामले अहिले तिब्रता पाएको छ । अर्जुन कपूरले हालैमात्र मोहित सुरीको फिल्म ‘एक भिलेन रिटर्न्स’को सुटिङ पुरा गरेका थिए ।

यो फिल्मको काम सकिएपनि अर्जुनलाई फुसर्द मिलेको छैन । उनी कैयौं प्रोजेक्टको सुटिङमा व्यस्त छन् । जसकारण उनी क्रिसमस र नयाँवर्षमा पनि व्यस्त नै हुनेछन् । यस्तो अवस्थामा उनले मलाइकासँग नयाँवर्षको खुशी साट्न पाउनेछैनन् ।

गत दिवाली अर्जुन र मलाइकाले सँगै मनाएका थिए । उनीहरुले तिहारलाई पनि त्यसरी नै मनाएका थिए । मलाइका क्रिसमस र नयाँ वर्षको खुशियाली अर्जुनका साथ मनाउन चाहन्छिन् । तर व्यस्त समय तालिकाले अर्जुनले मलाइकालाई समय दिन नपाउने भएका छन् ।

अर्जुनले समय दिन नपाउने निर्णय लिएपछि मलाइका अर्जुनसँग रिसाएकी छन् । अभिनेता सलमान खानका भाई अरबाज खानसँग १९ वर्षको वैवाहिक सम्बन्धलाई तोडेपछि मलाइकाले सन् २०१७ देखि अर्जुनसँग डेट गरिरहेकी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : ०८ बजे

गर्मीमा बेसार खाँदा हुन्छन् यस्ता फाइदा

काठमाडौं– आयुर्वेदमा बेसारलाई निकै फाइदाजनक खानेकुरा मानिन्छ । भान्सामा सहजै

मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

मुस्ताङ– मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा