माघ २८ मा सौगातको ‘मन्त्र’ « Khabarhub

माघ २८ मा सौगातको ‘मन्त्र’


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता सौगात मल्ल, बुद्धि तामाङ र अभिनेत्री दिया पुन स्टारर फिल्म ‘मन्त्र’को रिलिज मितिसहित पोस्टर सार्वजनिक भएको छ । कोरोना महामारी र लकडाउनका कारण फिल्म प्रदर्शनमा ढिलाई भइरहँदा आगामी माघ २८ गतेलाई यसले प्रदर्शन मिति तोकेको हो ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् को ब्यानरमा बनेको फिल्मका वितरक गोविन्द शाही हुन् । खिलबहादुर गुरुङ निर्देशित फिल्मको फस्टलुकमा सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनलाई स्थान दिइएको छ । फिल्म गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको हो । फिल्ममा दर्शकले गोरखाको चुम नुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बालगायतका रमणीय दृश्यहरु हेर्न पाउनेछन् ।

फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टि शेर्पाको पनि अभिनय छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । साम्तेन भुटियाले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : १८ बजे

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)