सहिद स्मारक लिग : ब्रिगेड ब्वाइज क्लब र एनआरटीले अंक बाँडे « Khabarhub

सहिद स्मारक लिग : ब्रिगेड ब्वाइज क्लब र एनआरटीले अंक बाँडे


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका केही सुन्दर अवसर सृजना गरे पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए ।

बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको बीबीसी तालिकाको चौथो स्थानमा उक्लिएको छ । बीबीसीले पहिलो खेलमा विभागीय टोली एपिएफ क्लबलाई ३-२ ले पराजित गरेको थियो ।

त्यस्तै दुई खेलबाट एक अंक जोडेको एनआरटी भने तालिकाको १२औं स्थानमा छ । एनआरटी पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग २-१ ले पराजित भएको थियो ।

स्टेफेन बिनोङले ४३औं मिनेटमा पेनाल्टी बक्सको बायाँतर्फबाट गरेको क्रसलाई दर्शन गुरुङले पोस्टको दिशा दिन नसक्दा एनआरटीले अग्रता लिने सुन्दर मौका गुमाएको थियो ।

बीबीसीका दिनेश राईले ४९औं मिनेटमा १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले रोकेका थिए । बीबीसीका दिनेशले ६६औं मिनेटमा प्रहार अजितले पुनः विफल पारिदिए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : २५ बजे

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र