सचिवहरुको व्यापक सरुवा, को कहाँ पुगे ? | Khabarhub Khabarhub

सचिवहरुको व्यापक सरुवा, को कहाँ पुगे ?


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् ।

उक्त मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उक्त मन्त्रालयमा रहेका सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । उक्त मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

शिक्षा मन्त्रालयका शिक्षातर्फका सचिव रामप्रसाद थपलियाको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ । ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवेदीलाई आयोगमा पठाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : ३४ बजे

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

काठमाडौं– सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको

उच्चस्तरीय चिनियाँ टोली काठमाडौंमा

काठमाडौं- उच्चस्तरीय चिनियाँ टोली काठमाडौँ आइपुगेको छ । चिनियाँ कम्युनिष्ट

वर्षमानको दाबी- कांग्रेस–एमाले सम्बन्धमा दरार आइसक्यो, सरकार लामो जाँदैन 

रोल्पा– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले

न्यायालयप्रति विश्वास छ, सघाउँछौँ : डीपी अर्याल

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि

माओवादी पार्टीहरूको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड 

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको