बलात्कार आरोपमा थुनामा रहेकालाई छुटाइदिन्छु भन्दै २० लाख रुपैयाँ लिएपछि... | Khabarhub Khabarhub

बलात्कार आरोपमा थुनामा रहेकालाई छुटाइदिन्छु भन्दै २० लाख रुपैयाँ लिएपछि…


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलात्कार आरोपमा थुनामा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाइदिन्छु भन्दै रकम उठाउने एक महिला पक्राउ परेकी छन् ।

गत असार १८ गते ठमेलमा एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका थिए । ती चिनियाँ नागरिककी श्रीमती नेपाली हुन् । उनकी श्रीमती कमला भुसाल सहयोग खोजिरहेकी थिइन् । उनलाई काभ्रेकी रविना थापाले पैसा खर्च गरे छुटाउन सकिने विश्वास दिलाइन् । रबिनाले कमलालाई मञ्जु ओलीसँग भेटाइदिइन् ।

उनीहरुले आफ्ना मान्छे वकिल छन्, उनले न्यायाधीश चिनेकाले सेटिङ मिलाइदिन्छु भनेर कमलाबाट २० लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

२० लाख रुपैयाँ दिए पनि आफ्ना श्रीमान नछुटेपछि उनी प्रहरीमा ठगी उजुरी लिएर पुगिन् । प्रहरीले पीडितकै सहयोगमा रबिनालाई पक्राउ गरेको छ। ओली फरार छिन् । उनीविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप भएर काठमाडौं प्रहरी परिसर, टेकुबाट विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ४० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको