१ दिन कैद र दुई लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ « Khabarhub

१ दिन कैद र दुई लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ प्रहरीले बैंकिङ कसूरका फरार प्रतिवादीलाई पक्रेको छ । बेसीशहर नगरपालिका ३ बसौलाका प्रजिता गुरुङलाई प्रहरीले पक्रेको हो ।

उच्च अदालत पाटनले ५ पुस, ०७७ मा १ दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । फैसलादेखि फरार रहेकी गुरुङलाई सोमबार पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

उनलाई सोमबार नै लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार लमजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए । गुरुङले जरिवाना वापतको रकम बुझाएकी हुँदा एक दिन कैदका लागि सोमबार नै कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ४७ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल