कांग्रेस महाधिवेशन : शेखर कोइराला गृह जिल्लामै घेराबन्दीमा   « Khabarhub

कांग्रेस महाधिवेशन : शेखर कोइराला गृह जिल्लामै घेराबन्दीमा  


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला गृह जिल्लामै घेराबन्दीमा परेका छन् । कोइराला निकटका मोरङ जिल्ला सभापतिका उम्मेदवार डिगबहादुर लिम्बुलाई पराजित गर्न संस्थापन इतर पक्षका नेताहरू एकै ठाउँमा उभिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले संस्थापन पक्षका उम्मेदवार दिलीप गच्छदारलाई जिताउन मोर्चाबन्दी गरेका छन् । शेखरलाई गृह जिल्ला मोरङमै कमजोर पारेको सन्देश दिन नेताहरू एक ठाउँमा उभिएका हुन् ।

पहिलो चरणमा सम्पन्न मोरङ कांग्रेसको निर्वाचनमा संस्थापन इतर समूहबाट निवर्तमान सभापति डिगबहादुर लिम्बु र पूर्व सचिव यदु विष्ट र संस्थापन पक्षका दिलीप गच्छदार उम्मेदवार थिए । जसमा लिम्बुले सर्वाधिक १५ सय ४४, गच्छदारले ११ सय ६६ र विष्टले ५ सय ६३ मत ल्याएका थिए ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज मंगलबार बिहान १० बजेदेखि पुनः मतदान हुँदैछ । दोस्रो चरणको मतदानको इतर नेताहरू निकटका जिल्ला नेतासँगै विष्टले सोमबार साँझ पत्रकार सम्मेलन गरी गच्छदारलाई समर्थन गरेको घोषणा गरेका छन् ।

विराटनगर महानगरका मेयर भीम पराजुली पनि शेखर कोइरालाको साथ छोडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरे । नेताहरूले गुट परिवर्तन गरेपछि मोरङ कांग्रेसको जिल्ला अधिवेशन पेचिलो बनेको छ ।

पछिल्ला घटनाक्रमले लिम्बू र गच्छदारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । शेखर कोइरालालाई आफ्नो राजनीति शाख जोगाउन लिम्बुलाई जस्तोसुकै जोखिम  मोलेर भए पनि जिताउनुको विकल्प छैन । गच्छदारलाई समर्थन गर्ने जिल्लाका नेताहरूले उनलाई हराउने चुनौती दिएका छन् ।

पराजुलीले जिल्ला सभापतिमा लिम्बु असफल भएकाले गच्छदारलाई रोज्न बाध्य भएको बताए । तर, केन्द्रीय निर्वाचनमा शेखर कोइरालाको साथ नछोड्ने प्रतिक्रिया उनले दिएका छन् । विष्टले गरेको पत्रकार सम्मेलनमा भाग लिएका उनले जिल्लामा पात्र मात्रै परिवर्तन गरेको बताएका छन् ।

विष्टको पत्रकार सम्मेलन नसकिँदै शेखर कोइराला निकट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पत्रकारसँग कुरा गर्दै गच्छदारलाई चुनाव जिताउन संस्थापन पक्षले पैसाको चलखेल गरेको समेत आरोप लगाए । आफू कोइराला क्याम्प नछाडेको उनले घोषणा गरे ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ४४ बजे

कानुनविपरीत भइरहेका विदेशी सवारीको प्रयोग सम्बन्धमा ध्यानाकर्षण

गण्डकी- नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले कानुनविपरीत

मत माग्न चितवन पुगे रवि 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका

कमला नदी तरेर कुलमानले थाले मधेशमा चुनावी यात्रा

सिराहा– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट मधेशको चुनवाी

‘दुरसञ्चार सेवा व्यवसाय मात्रै हैन, मानवीय जीवनको आधारभूत तत्त्व हो’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदानमा ध्यान

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं– हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म