कांग्रेस महाधिवेशन : शेखर कोइराला गृह जिल्लामै घेराबन्दीमा   | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : शेखर कोइराला गृह जिल्लामै घेराबन्दीमा  


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला गृह जिल्लामै घेराबन्दीमा परेका छन् । कोइराला निकटका मोरङ जिल्ला सभापतिका उम्मेदवार डिगबहादुर लिम्बुलाई पराजित गर्न संस्थापन इतर पक्षका नेताहरू एकै ठाउँमा उभिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले संस्थापन पक्षका उम्मेदवार दिलीप गच्छदारलाई जिताउन मोर्चाबन्दी गरेका छन् । शेखरलाई गृह जिल्ला मोरङमै कमजोर पारेको सन्देश दिन नेताहरू एक ठाउँमा उभिएका हुन् ।

पहिलो चरणमा सम्पन्न मोरङ कांग्रेसको निर्वाचनमा संस्थापन इतर समूहबाट निवर्तमान सभापति डिगबहादुर लिम्बु र पूर्व सचिव यदु विष्ट र संस्थापन पक्षका दिलीप गच्छदार उम्मेदवार थिए । जसमा लिम्बुले सर्वाधिक १५ सय ४४, गच्छदारले ११ सय ६६ र विष्टले ५ सय ६३ मत ल्याएका थिए ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज मंगलबार बिहान १० बजेदेखि पुनः मतदान हुँदैछ । दोस्रो चरणको मतदानको इतर नेताहरू निकटका जिल्ला नेतासँगै विष्टले सोमबार साँझ पत्रकार सम्मेलन गरी गच्छदारलाई समर्थन गरेको घोषणा गरेका छन् ।

विराटनगर महानगरका मेयर भीम पराजुली पनि शेखर कोइरालाको साथ छोडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरे । नेताहरूले गुट परिवर्तन गरेपछि मोरङ कांग्रेसको जिल्ला अधिवेशन पेचिलो बनेको छ ।

पछिल्ला घटनाक्रमले लिम्बू र गच्छदारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । शेखर कोइरालालाई आफ्नो राजनीति शाख जोगाउन लिम्बुलाई जस्तोसुकै जोखिम  मोलेर भए पनि जिताउनुको विकल्प छैन । गच्छदारलाई समर्थन गर्ने जिल्लाका नेताहरूले उनलाई हराउने चुनौती दिएका छन् ।

पराजुलीले जिल्ला सभापतिमा लिम्बु असफल भएकाले गच्छदारलाई रोज्न बाध्य भएको बताए । तर, केन्द्रीय निर्वाचनमा शेखर कोइरालाको साथ नछोड्ने प्रतिक्रिया उनले दिएका छन् । विष्टले गरेको पत्रकार सम्मेलनमा भाग लिएका उनले जिल्लामा पात्र मात्रै परिवर्तन गरेको बताएका छन् ।

विष्टको पत्रकार सम्मेलन नसकिँदै शेखर कोइराला निकट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पत्रकारसँग कुरा गर्दै गच्छदारलाई चुनाव जिताउन संस्थापन पक्षले पैसाको चलखेल गरेको समेत आरोप लगाए । आफू कोइराला क्याम्प नछाडेको उनले घोषणा गरे ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ४४ बजे

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना 

काठमाडौं– उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा रहेका चिकित्सकहरूले

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै

एनपी साउदको चेतावनी : कांग्रेस ०८४ का लागि तयार छैन, गुटबन्दीले संगठन बिग्रिए, पार्टी संकटमा छ

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाडौं– कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको

मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै

बाँके– मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै छन् । पर्वको