माओवादी केन्द्रको अधिवेशन : जाजरकोटका चार पालिकामा नेतृत्व चयन « Khabarhub

माओवादी केन्द्रको अधिवेशन : जाजरकोटका चार पालिकामा नेतृत्व चयन


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ ।

नलगाड, भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सकिएको माओवादी केन्द्र जाजरकोटले जनाएको छ ।

नलगाड नगर कमिटी अध्यक्षमा गणेश सिंह, जसको उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेजबहादुर परियार सर्वसहमत निर्वाचित भएका छन् ।

भेरी नगर कमिटी अध्यक्षमा दिपक बस्नेत सर्वसहमत निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मिना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भिमहादुर खत्री चयन भएका छन् ।

बारेकोट गाउँ कमिटी अध्यक्षमा हरीबहादुर थापा चयन भएका छन् । उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा बसन्त शाही, सह सचिवमा प्रेम बोहरा र रमा रावत चयन भएको बारेकोट गाउँ कमिटीले जनाएको छ ।

कुशे गाउँपालिकामा अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, निरज कुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही, सहसचिवमा बविता चनारा लगायतको नेतृत्व चयन भएको नेकपा कुशे गाउँ कमिटीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ०६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ