ट्वीटर प्रमुख फेरिदा खुशी कंगना « Khabarhub

ट्वीटर प्रमुख फेरिदा खुशी कंगना


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– माइक्रोब्लगिङ वेबसाइट ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले सोमबार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका छन् । अहिले कम्पनीले मुख्य प्रौद्योगिकी अधिकारी(सीटीओ) पराग अग्रवाललाई कम्पनीको नयाँ सिइओमा नियुक्त गरेको छ ।

यो खबरले बलिउडमा कोही खुशी छन् भने त्यो केवल कंगना नै हुन् । किनकी ज्याकको कार्यकालमा कंगनाको ट्वीटर प्रयोगमा प्रतिबन्ध लागेको थियो ।

ज्याकले राजीनामा दिएको खबर सार्वजनिक हुनासाथ उनले नयाँ सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छन् । जुन पोस्ट निकै भाइरल भइरहेको छ । ‘बाइ बाइ काका ज्याक’ कंगनाले लेखेकी छन् । कंगनाका फ्यानले अब ट्वीटरमा कंगनाको कमब्याक हुनुपर्ने माग राखेका छन् ।

कंगना ती कलाकारमा पर्छिन्, जसको सामाजिक सञ्जालमा ठूलो संख्यामा फ्यान फलोइङ छन् । कंगनाले फिल्ममा आफ्नो सानदार अभिनयका कारण धेरै फ्यान कमाएकी छन् ।

ट्वीटरले प्रतिबन्ध लगाएपछि उनी आफ्नो इन्स्टाग्राम हेण्डलमा विचार साझा गर्छिन् । जुन विचार सामाजिक मुद्धामा केन्द्रीत हुन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ५० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ