दक्षिण कोरियामा भेटियो 'ओमिक्रोन', नेपाली कामदार त्रसित | Khabarhub Khabarhub

दक्षिण कोरियामा भेटियो ‘ओमिक्रोन’, नेपाली कामदार त्रसित


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।

कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ ।

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ ।

केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तिव्र पारेको छ । ओमिक्रोन कोरियामा देखिएपछि त्यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने पठाउने क्रम फेरि रोकिन सक्ने खतरा बढेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ११ बजे

विवाहभन्दा पहिला पार्टनरसँग सोध्नुस् यी प्रश्न

काठमाडौं– तपाईँ विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदि तपाईँले तत्काल

एसवाई प्यानल नेपालले आईपीओ ल्याउने

काठमाडौं– दक्षिण कोरियामा आधारित मल्टिनेसनल कम्पनी एसवाई ग्रुप अफ कम्पनी

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान

पर्वत– पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने

३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एजेन्सी – एक स्थानीय अधिकारीका अनुसार बुधबार पश्चिमी हेरातको इस्लाम

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी, आइतबार सुनुवाइ हुने

काठमाडौं– संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच