कांग्रेस धनकुटा सभापतिमा राई विजयी, पदाधिकारीमा देउवा पक्षको वर्चस्व « Khabarhub

कांग्रेस धनकुटा सभापतिमा राई विजयी, पदाधिकारीमा देउवा पक्षको वर्चस्व


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा – नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन् ।

बुधबार बिहान सार्वजनिक मतपरीणामअनुसार राईले ५०४ मत प्राप्त गर्दा फागोले ४७० मत मात्रै पाए । उपसभापतिमा सुनिल डंगोलले ४६६ र निर्मल ओझा ४३० मतसहित विजयी भएका छन् । डंगोल देउवा पक्षका हुन् भने ओझा पौडेल पक्षीय नेता हुन् ।

सचिवमा देउवा पक्षका विजय सन्तोषी राई ६२६ र जयन्द्र घिसिङ ४३९ मत प्राप्त गरी विजयी भए । सहसचिवमा देउवा पक्षका रोशन श्रेष्ठले ५१८ र गिरिजा दाहालले ४६६ मत प्राप्त गरेर विजयी भएका छन् ।

सदस्य र संघीय महाधिवेशन प्रतिनिधिका भएको मतदानको मतगणना जारी रहको र बुधबार साँझसम्म नतिजा आउने निर्वाचन समितिका सदस्य खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ९ : ५४ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा