नेप्से ५ दशमलव २८ अंकले बढ्यो « Khabarhub

नेप्से ५ दशमलव २८ अंकले बढ्यो


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द भयो ।

आज कारोबार रकम भने बढ्न सकेन । कारोबारमा आएका २२३ कम्पनीले ३७ हजार ५८५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल २ अर्ब ७४ करोड २० लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ । बैंकले आज १४ करोड ३१ लाखभन्दा बढीको कारोबार गरेको छ ।

आज कारोबारमा अएका उपसूचकमध्ये होटल तथा पर्यटन, निर्जीवन बिमा, माइक्रोफाइनान्स र जीवन बिमा समूहको सूचक रातो देखिएका छन् भने बाँकी सबै समूहका सूचीमा हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । सामलिङ पावर कम्पनीको शेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ४६१ दशमलव ४० रुपैयाँ पुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ९ दशमलव ३९ प्रतिशतले बढेर प्रतिकित्ता ९८० रुपैयाँ पुगेको छ ।

न्यादि हाइड्रोपावरको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ३७५ दशमलव ६० रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै नोक्सान व्यहोरेका छन् । कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : २३ बजे

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

कैलाली– सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौं– मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी– इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको