चेल्सी शीर्ष स्थानमा यथावत, सिटीसँग भिल्ला पराजित « Khabarhub

चेल्सी शीर्ष स्थानमा यथावत, सिटीसँग भिल्ला पराजित


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गर्दा चेल्सीले वाट्फोर्डलाई हराएको छ।

बुधबार राति भएका खेलमा सिटीले भिल्लालाई र चेल्सीले वाट्फोर्डलाई समान २-१ गोल अन्तरले हराएका हुन् ।

भिल्लाको मैदानमा रुबेन डियासले २७ औं मिनेटमा, ४३ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेका थिए । त्यसपछि खेलको ४७ औं मिनेटमा भिल्लाका ओली वाट्किन्सले गोल गरेपनि सिटीले २-१ को जित निकाल्यो ।

अर्को खेलमा चेल्सीका मासन माउन्ट र हाकिम जिएचले एक-एक गोल गरे । वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए पनि जितका लागि प्रर्याप्त हुन सकेन ।

जितसँगै चेल्सीले १४ खेलमा ३३ अंक जोडेर शीर्ष स्थान कायम राखेको छ भने सिटी १४ खेलमा ३२ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

भिल्ला १६ अंक जोडेर १३ औं स्थानमा रहँदा वाट्फोर्ड १३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ७ : ३३ बजे

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा