चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने सिन्जो आबेको चेतावनी | Khabarhub Khabarhub

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने सिन्जो आबेको चेतावनी


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार बुधबार आबेले एक थिंक ट्यांकलाई दिएको भर्चुअल कार्यक्रममा ताइवानको संकट जापानको पनि संकट हुने बताए ।

‘ताइवानको संकट जापानको पनि संकट हो । यस्तो अवस्थामा जापान-अमेरिका गठबन्धनका लागि पनि संकटकालजस्तै हुनेछ,’सम्बोधनका क्रममा आबेले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रम नरहोस् कि अमेरिका र जापानले साथ दिनेछ ।’

पछिल्लो समय चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताउँदै आएका छन् । ‘विभाजन’ लाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको उल्लेख गर्दै उनले एकीकरणमा जोड दिएका छन् ।

गत वर्ष स्वास्थ्यका कारण प्रधानमन्त्री पद छाडेका आबे जापानको सत्तारूढ लिबर डेमोक्रेटिक पार्टीको सबैभन्दा ठुलो गुटका प्रमुख मानिन्छन् । उनी अहिले पनि पार्टीभित्र निकै प्रभावशाली भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ८ : ४७ बजे

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र

कृषकलाई अनुदानमा मौरी घार वितरण

रामपुर– रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन