नेपाली कांग्रेसमा हालसम्म डेढ लाख पदमा नयाँ नेतृत्व « Khabarhub

नेपाली कांग्रेसमा हालसम्म डेढ लाख पदमा नयाँ नेतृत्व


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवशेन अन्तर्गत हालसम्म करिब डेढ लाख पदमा नयाँ नेतृत्व चयन भएको छ ।

वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्र र जिल्ला तथा क्षेत्रीय, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत गरी अहिलेसम्म डेढ लाख पदमा नेतृत्व चयनको काम पुरा भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनका अनुसार तीमध्ये ९४ प्रतिशत पदमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ । ६ प्रतिशत पदमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको छ । यो संख्या अझै बढेर जाने उनले बताए ।

हालसम्म १ लाख ४१ हजार ४२ पदमा सर्वसम्मतबाट र ८ हजार ४७४ पदमा चुनावी प्रतिस्प्रर्धाबाट नयाँ नेतृत्व चयन भएको उनले बताए । नेतृत्वमा पुगेकामध्ये ६८ हजार ८३२ जना खसआर्य समुदायका छन् भने थारु समुदायबाट ५ हजार ८ सय २७ जना नेतृत्वमा आएका छन् ।

यसैगरी अपांगता भएका १ हजार ८ सय ६४ जना, आदिवासी तथा जनजाति समुदायका ४१ हजार २ सय ५६ जना रहेको उनले बताए ।

त्यस्तै ४३ हजार ३५७ जना महिलाहरु पनि नेतृत्वमा पुगेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  २ : ५० बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा