यी चर्चित अभिनेताकी पत्नीलाई थियो ‘पोर्न’ हेर्न लत ! « Khabarhub

यी चर्चित अभिनेताकी पत्नीलाई थियो ‘पोर्न’ हेर्न लत !


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कुनै पनि चीजको लत लाग्नु भनेको नराम्रो नै हो । यदि कसैलाई पोर्न (एडल्ट) फिल्म हेर्ने लत बस्यो भने त्यो अझै गम्भीर हुन सक्छ । कतिलाई यो सामान्य लागे पनि पोर्न फिल्म हेर्ने पनि लत बन्न सक्छ । त्यो पनि पुरुषलाई मात्र होइन, महिलालाई पनि ।

हालै हलिउड सेलिब्रेटी विल स्मिथकी पत्नी जाडा पिन्केट स्मिथले आफू पोर्न फिल्मको लतमा फसेको खुलाइन् । उनले यही लतले गर्दा आफूले निकै नै मुस्किल समयको सामना गर्नुपरेको पनि बताइन् ।

एक भिडियोका माध्यमबाट उनले भनिन्, ‘मलाई वास्तवमा यस्तो लागिरहेको थियो कि, म त्यो समय पोर्नको लतमा फसेँ, त्यसलाई मैले त्यतिखेर हल्का रुपमा लिएँ, पोर्नसँग मेररो अस्वस्थ सम्बन्ध थिएन, म संयम बन्ने प्रयास गरिरहेकी थिएँ ।’

उनले वास्तवमा पोर्न देख्नु त्यति खराब कुरा नभए पनि लत लाग्नु र समय सीमा पार गर्नु खराब भएको बताइन् । उनले भनिन्, ‘पोर्नको लत निकै समस्या हो, तर यसलाई धेरैले वास्तविक समस्या मान्दैनन् ।’

मानसिक विशेषज्ञहरुले पनि पोर्नको लतले मानिसको मष्तिष्कलाई असर गर्ने र यो रक्सीको नशाजस्तै हुने गरेको बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ११ : ४८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने