कात्तिक मसान्तसम्म अर्थतन्त्रको अवस्था : महँगी ५.६० प्रतिशत, कर्जा प्रवाह २.५ प्रतिशत « Khabarhub

कात्तिक मसान्तसम्म अर्थतन्त्रको अवस्था : महँगी ५.६० प्रतिशत, कर्जा प्रवाह २.५ प्रतिशत


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिहीबार अपराह्न सार्वजनिक प्रतिवेदनमा उल्लेख भएअनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँले बचतमा छ ।

नेपालसँग अहिले कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । नेपाल सरकारको खर्च चार खर्ब १५ अर्ब २ करोड र राजस्व परिचालन तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ छ ।

बैंकका अनुसार; वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ ।

कात्तिक मसान्तसम्म विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको
राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ५ : ०२ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक